दफा ३३
विद्यार्थी भर्ना गर्दा प्राथमिकता दिनु पर्ने
: (१) प्रतिष्ठानले प्रवेशिका वा सो सरह उत्तीर्ण गरी स्वास्थ्य विज्ञान सम्बन्धी विषयमा प्रविणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेका र दुर्गम क्षेत्रको स्वास्थ्य संस्थामा तोकिएको अवधिभर काम गरेका स्वास्थ्य सेवाका सहायक कर्मचारीलाई प्रतिष्ठानको स्नातक तहमा अध्ययन गर्नको लागि भर्ना हुन प्राथमिकता दिनेछ ।
(२) उपदफा (१) बमोजिम भर्ना हुन चाहने कर्मचारीले नेपाल मेडिकल काउन्सिलले तोकेको मापदण्ड पूरा गरेको हुनु पर्नेछ ।